हिमाल दैनिक
स्कटल्याण्ड र चेक रिपब्लिकबीच खेल जारी, पहिलो हाफमा चेक रिपब्लिक अग्रतामा
czech-republic-eurocup
युरोकपको सोमबारको पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल जारी छ । ग्लास्गोको हैंपडेन पार्क भएको खेलको पहिलो हाफमा चेक रिपब्लिकले अग्रता लिएको छ । खेलको पहिलो हाफमा स्कटल्याण्ड चेकमाथि हाबी भएपनि खेलको ४४ औं मिनेटमा चेकका शिकले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। शिकको यो १२ औं अन्तराष्ट्रिय गोल हो । अहिले सम्म शिक चेकबाट २७ अन्तराष्ट्रिय खेल खेलेका छन्। यी दुई टिमबीचको भएको पछिल्लो ५ खेलमा स्कटल्याण्डले ३ खेलमा जीत हात परेको छ भने चेकले १ खेल मा जीत हात परेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update