हिमाल दैनिक
सुदुरपश्चिम प्रदेशसभामा नेकपा एमाले संसदीय दलले ७ सांसदलाई निलम्बन गरेको छ । सुदुरपश्चिममा मुख्यमन्त्री त्रिलाेचन भट्टलाई बिश्वासको मत प्रस्तावको बिपक्षमा मतदान गरेको भन्दै अल्पमत रहेको ओली पक्षलाई ७ कारबाही गरिएको हो । सुदुरपश्चिममा कुल २५ एमाले सांसद छन् जसमा नेपाल पक्षका १८ सांसद रहेका छन् भने ओली पक्षका ७ सांसद रहेका छन् । केन्द्रबाट भट्टलाई मतदान नदिन निर्देशन जारी गरेपनि संसदीय दलमा नेपालपक्षको बहुमत रहेपछि उनीहरुले भट्टलाई मत दिने निर्णय गरेको थियो । नेपाल पक्षले भट्टको पक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो । तर, ओली पक्षले संसदीय दलको ह्वीप उल्लङ्घन गरेपछि उनीहरुलाई कारबाही गरिएको हो । संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए । संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए ।  
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update