हिमाल दैनिक
स्कटल्याण्डमाथि चेक रिपब्लिकको शानदार जीत, शिकको दुई गोल
PATRIK. SCHICK-czech-republic-euro-cup
युरोकपको सोमबारको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई पराजित गरेको छ । आज ग्लास्गोको हैंपडेन पार्क भएको खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले पराजित गरेको हो। खेलको पहिलो हाफमा स्कटल्याण्ड चेकमाथि हाबी भएपनि खेलको ४४ औं मिनेटमा चेकका शिकले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा एक गोलको अग्रता दिलाएका शिकले दोश्रो हाफमा पनि थप एक गोल गरे । खेलको 52 औं मिनेटमा व्लादिमर कुफलको असिस्टमा शिकले थप एक गोल गरे। यस संगै शिकको यो १३ औं अन्तराष्ट्रिय गोल हो । अहिलेसम्म शिक चेकबाट २७ अन्तराष्ट्रिय खेल खेलेका छन्। यी दुई टिमबीचको भएको पछिल्लो ५ खेलमा स्कटल्याण्डले ३ खेलमा जीत हात परेको छ भने चेकले १ खेल मा जीत हात परेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update