हिमाल दैनिक
पोल्याण्ड र स्लोवाकियाबीच खेल जारी, स्जेसको आत्मघाती गोल, स्लोवाकिया अग्रता
Slovakia-eurocup
यूरोकपको सोमबारको दोश्रो खेल पोल्याण्ड र स्लोवाकियाबीच खेल जारी छ । सेन्ट पीटर्सबर्ग स्टेडियममा समुह 'ई' टिमबीच भएको खेलको पहिलो हाफमा स्लोवाकियाले एक गोलको अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा स्लोवाकियाका माकले पोल्याण्डका दुई डिफ़ेण्डेर्सलाई छकाउदै बक्समा छिरेर शर्त अटैम्प्ट गरेका थिए । उक्त शर्ट गोल किप्पर स्जेसको हातमा लागेर बल पोस्ट भित्र गएको थियो । माकको यो १५ औं अन्तराष्ट्रिय गोल हो । यी दुई टिमको पछिल्लो ५ खेलमा स्लोवाकियाले ३ खेलमा जीत हात परेको छ भने पोल्याण्डले १ खेलमा जीत हात परेको छ । पोल्याण्डको लगातार चौथो युरोकप टुर्नामेन्ट हो । जसमा ४ मध्य केवल एक पटक नाकआउट स्टेजमा पुगेको छ । सन् २०१६ मा पोल्याण्ड पर्चुगल संग क्वाटरफाइनलमा पराजित भएको थियो। यस अघि आजको पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डमाथि २-० को गोल अन्तरले जीत हासिल गरेको थियो । चेकको तर्फबाट शिकले ४४ औं मिनेट र ५२ मिनेटमा गोल गरेका थिए । त्यस्तै आज समुह ईको अर्को खेल मध्यरातमा स्पेन र स्विडेन बीच हुँदैछ ।  
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update