यूरोकपको सोमबारको दोश्रो खेल पोल्याण्ड र स्लोवाकियाबीच खेल जारी छ ।
सेन्ट पीटर्सबर्ग स्टेडियममा समुह ‘ई’ टिमबीच भईराखेको खेलको पहिलो हाफमा अग्रता लिएको स्लोवाकियाले दोश्रो हाफमा कायम गर्न सकेन। दोश्रो हाफको पहिलो मिनेटमा नै पोल्याण्डका माचे रीबसको सहयोगमा करोल लिनैटीले गोल गर्दै खेलमा कमब्याक गरे । लिनैटीको यो तेस्रो अन्तराष्ट्रिय गोल हो ।
यस अघि पहिलो हाफको १८ औं मिनेटमा स्लोवाकियाका माकले पोल्याण्डका दुई डिफ़ेण्डेर्सलाई छकाउदै बक्समा छिरेर शर्त अटैम्प्ट गरेका थिए । उक्त शर्ट गोल किप्पर स्जेसको हातमा लागेर बल पोस्ट भित्र गएको थियो । माकको यो १५ औं अन्तराष्ट्रिय गोल हो ।
यी दुई टिमको पछिल्लो ५ खेलमा स्लोवाकियाले ३ खेलमा जीत हात परेको छ भने पोल्याण्डले १ खेलमा जीत हात परेको छ । पोल्याण्डको लगातार चौथो युरोकप टुर्नामेन्ट हो । जसमा ४ मध्य केवल एक पटक नाकआउट स्टेजमा पुगेको छ । सन् २०१६ मा पोल्याण्ड पर्चुगल संग क्वाटरफाइनलमा पराजित भएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय