
यूरो कपको सोमबारको दोश्रो खेलमा स्लोवाकियाले पोल्याण्डलाई पराजित गरेको छ । सेन्ट पीटर्सबर्ग स्टेडियममा समुह ‘ई’ टिमबीच भएको खेलमा स्लोवाकियाले पोल्याण्डलाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको १८ औं मिनेटमा स्लोवाकियाका माकले पोल्याण्डका दुई डिफ़ेण्डेर्सलाई छकाउदै बक्समा छिरेर शर्त अटैम्प्ट गरेका थिए । उक्त शर्ट गोल किप्पर स्जेसको हातमा लागेर बल पोस्ट भित्र गएको थियो । माकको यो १५ औं अन्तराष्ट्रिय गोल हो ।
पहिलो हाफ एक गोलको अग्रता भने दोश्रो हाफमा कायम गर्न सकेन । दोश्रो हाफको पहिलो मिनेटमा नै पोल्याण्डका माचे रीबसको सहयोगमा करोल लिनैटीले गोल गर्दै खेलमा कमब्याक गरे । लिनैटीको यो तेस्रो अन्तराष्ट्रिय गोल हो ।
६२ औं मिनेटमा क्रिखोवाकले दुई पहेलो कार्ड खादै मैदानबाट बाहिरीपछि पोल्याण्डमाथि स्लोवाकिया हाबी भयो । पोल्याण्ड १० खेलाडीमा सिमित भएको पछि त्यसको फाइदा उठाउदै स्लोवाकिया थप एक गोल गर्यो । खेलको ६९ औं मिनेट मारेक ह्यामसिकको असिस्टमा मिलान स्क्रीनियारले गोल गर्दै खेल २-१ मा पुराउदै खेलमा जीत हासिल गरे ।
त्यस्तै आज समुह ईको अर्को खेल मध्यरातमा स्पेन र स्विडेन बीच हुँदैछ ।
प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय