
युरोकपमा स्पेन र स्विडेन बराबरीमा खेलेको छ । गएराति समुह ई को दोश्रो खेलमा स्पेन र स्विडेन गोलरहित बराबरमा खेलेको हो ।
खेलको अन्तिम १० मिनेटमा स्पेनिश टिमले ३ पटक गोल गर्ने अवसर गुमेको थियो। खेलको ९० औं मिनेटमा सराबियाको क्रसमा स्ट्राइकर जेरार्ड मोरेनोले गोल गर्न चुके ।
त्यस्तै खेलको अतिरिक्त समयमा ९०+२ मिनेटमा मोरेनोले टार्गेट मिस गरे। ९०+३ मिनेटमा जॉर्डी अल्बाको क्रसमा सराबियाले गोल अटैम्प्ट गरेपनि स्विडेनका गोलकीपर ओल्सनले बल रोकेका थिए । ९०+६ मिनेटमा मोरेनोले हेडर गर्दै गोल गर्न कोसोस गरेका थिए तर उनले टार्गेट मिस गरे।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय