हिमाल दैनिक
कोपा अमेरिका: अर्जेन्टिना चिल्लीसंग बराबरीमा रोकियो
messi-argentina-chile-copa-america
कोपा अमेरिका फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। कोपा अमेरिकामामा अर्जेन्टिना बराबरीमा रोकिएको छ । मंगलबार बिहान एस्टिडियो ओलम्पिको निल्टन सान्तोसमा भएको समुह 'ए' को खेलमा अर्जेन्टिना चिल्लीसंग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले दोश्रो हाफमा भने अग्रता कायम गर्न सकेन खेलको ५७ औं मिनेटमा चिल्लीले गोल फर्कायो । चिल्लीको टिमले पेनाल्टीको अवसर पाएको थियो । भिदाललाई अर्जेन्टिनाका टाग्लिआफिकोले डिबक्समा फल गरेपछि भिएआरमार्फत रेफ्रीले पेनाल्टी दिएका थिए । भिदालले प्रहार गरेको पेनाल्टी किकलाइ अर्जेन्टिनाका गोलकिप्पर इमिलियानो मार्टिनेजले सेव गरेका थिए । तर, रिबाउन्डमा भार्गासले गोल गर्दै खेललाई बराबरीमा पुराए ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update