मंगलबार विहान भएको खेलमा पाराग्वेले बोलिभियालाई ३-१ गोलले पराजित गर्यो।
कोपा अमेरिकामा पाराग्वेले बोलिभियालाई पराजित गरेको छ । मंगलबार बिहान एस्टेडियो ओलम्पिको पेद्रो लुडोभिमा समूह ए को दोश्रो खेलमा पाराग्वेले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १० औं मिनेटमा साभेन्द्रले पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा क्युलार दोस्रो पहेँलो कार्ड पाउदै मैदानबाट बाहिरी पछि बोलिभिया १० खेलाडीमा सिमित भयो।
१० खेलाडीमा समिति भएपछि दोश्रो हाफमा पाराग्वे बोलिभियामाथि हाबी भयो । खेलको ६२ औं मिनेटमा एलेजान्द्रो रोमेरोले गोल गर्दै खेल बराबरीमा पुराए। त्यस्तै खेलको ६५ औं मिनेटमा र ८० मिनेटमा एन्जल रोमेरोले थप दुई गोल गर्दै खेलमा ३-१ मा पुराए । जितसंगै पाराग्वे ३ अंक बटुल्दै समूहको शिर्ष स्थानमा पुगेको छ यसअघि अर्जेन्टिना र चिल्ली १-१ बराबरीमा खेलेपछि उनिहरु १-१ अंक बढ्न बाध्य भएका थिए।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय