हिमाल दैनिक
रोनाल्डो गोल गर्नबाट चुके, पहिलो हाफमा डिफ़ेण्डिङ्ग च्याम्पियन पर्चुगल र हंगरी बराबरीमा
cristiano-ronaldo
आज युरोकपको ग्रुप अफ डेथ अर्थात् समुह 'एफ'को पहिलो खेल पर्चुगल र हंगरी जारी छ । मंगलबार बुडापेस्टको पुस्कस अरेनामा भएको पहिलो हाफमा डिफ़ेण्डिङ्ग च्याम्पियन पर्चुगल र हंगरी गोल रहित बराबरीमा खेलेको छ। पहिलो हाफमा हंगरीमाथि पर्चुगल हाबी भएपनि अग्रता लिन सकेन । पर्चुगलका कप्तान रोनाल्डोले दुई गोल गर्ने चुकेका छन् । खेलको १९ औं मिनेटमा रोनाल्डोले बल लिएर अघि बढेका थिए तर रेफ्रीले उनलाई अफ साइड घोषणा गरे। त्स्य्तई खेललको ४३ मिनेटमा पनि रोनाल्डो करिब ६ यार्ड बाट गोल गर्न चुके । त्यस्तै पर्चुगलका अर्का फरवार्ड डिएगो जोटाले पनि २ मौका गुमाए । पहिलो हाफमा पर्चुगल संग ६७ % र हंगरीसंग ३३ % बल पोजेसन रहेको थियो । त्यस्तै पर्चुगलले ५ गोल अटैम्प्ट गरेको थियो जसमा २ अन टार्गेट रहेको थियो । हंगरीले भने एक पटक मात्र गोल अटैम्प्ट गर्न पाएका थिए । पर्चुगलको टिम युरोकपको पछिल्लो ६ संसकरणमा नक आउट स्टेजमा पुग्ने एक मात्र टिम हो । त्यस्तै हंगरीविरुद्ध पर्चुगलले १३ खेल खेलेको छ जसमा ९ खेलमा जीत हात परेको छ भने ४ खेल बराबारीमा खेलेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update