हिमाल दैनिक
डिफेन्डिंग च्याम्पियन पोर्चुगलको विजयी सुरुवात, ८ मिनेटमा तीन गोल
cristiano-ronaldo-portugal
युरोकपको ग्रुप अफ डेथ अर्थात् समुह ‘एफ’को खेलमा डिफेन्डिंग च्याम्पियन पोर्चुगलले दमदार सुरुवात गरेको छ । मंगलबार बुडापेस्टको पुस्कस अरेनामा भएको खेलमा पोर्चुगलले हंगरीलाई ३-० ले पराजित गरेको थियो । पोर्चुगलले अन्तिम ८ मिनेटमा तीन गोल गर्दै यूरोकपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा हंगरीमाथि पर्चुगल हाबी भएपनि अग्रता लिन सकेन । पर्चुगलका कप्तान रोनाल्डोले दुई गोल गर्ने चुकेका छन् । खेलको १९ औं मिनेटमा रोनाल्डोले बल लिएर अघि बढेका थिए तर रेफ्रीले उनलाई अफ साइड घोषणा गरे। त्यस्तै खेललको ४३ मिनेटमा पनि रोनाल्डो करिब ६ यार्ड बाट गोल गर्न चुके । त्यस्तै पर्चुगलका अर्का फरवार्ड डिएगो जोटाले पनि २ मौका गुमाए । पहिलो हाफमा गोलरहित बराबरीमा भएको खेलमा पोर्चुगल ८० औं मिनेटसम्म कुनै गोल गर्न सकेको थिएन। दोश्रो हाफमा हंगरीको टिमले पोर्चुगललाई निकै चुनाती दिएका थिए । पोर्चुगलका रोनाल्डो, जोटा, ब्रूनो फर्नांडिसजस्ता खेलाडीलाई हंगरी डिफ़ेण्डेर्सले रोक्न सफल भएका थिए। तर, खेलको ८४ औं मिनेटमा राफा सिल्वाको क्रसमा राफाएल गुरेरो गोल गर्दै टिमलाई अग्रता दिलाए । पोर्चुगल टिम यतिमा रोकिएन । खेलको ८७ औं मिनेटमा हंगरीका आर्बनले राफा सिल्वालाई बक्स भित्र फ़ाउल गरेपछि रेफ्रीले पेनाल्टी सुट आउट दिएका थिए । रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल २-० मा पुराए । त्यसको ५ मिनेटपछि खेलको अतिरिक्त समयमा राफा सिल्वाको असिस्टमा रोनाल्डो थप एक गोल गर्दै खेलमा ३ गोलको अग्रता दिलाए । यससंगै रोनाल्डो युरोकपमा ११ गोल गरेका छन् भने टुर्नामेन्टमा सबैभन्दा बढी गोल गर्न खेलाडी बनेका छन् । रोनाल्डोले फ्रान्सका पूर्व फुटबलर माइकल प्लातिनीको रेकर्ड तोडेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update