हिमाल दैनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बिश्वासको मत लिंदैछन् । आज बिहान ११ बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन् । तर अहिले मुख्यमन्त्री मनाङ सदरमुकाम चामेमा छन् । उनि बिहिबार बढी पिडितका लागि राहत लिएर चामे पुगेका थिए । चामेबाट फर्किने क्रममा मौसममा खराब भएपछि उनि हिजो त्यही बसेका थिए । यसैसंगै आज उनले संसदमा विश्वासको लिने वा नलिनेमा अन्योलता बढेर गएको छ । मुख्यमन्त्री बिहान मौसम खुले र समयमा आउन सके कार्यसूची अनुसार नै संसद चल्ने नत्र कार्य सुची परिवर्तन गरिने उनको सचिवालयले जनाएको छ । यसअघि पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि नेपालमा संविधान धारा १६८ को ५ अनुसार कृष्णचन्द्र नेपाली पोखरेल जेठ २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसरी बनेको मुख्यमन्त्रीले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । पोख्रेलले भने आफु मुख्यमन्त्री बनेको एक साता पनि नबित्दै बिश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री पोख्रेल कुल ३१ मतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्र सांसदसहित कुल ३१ जनाको समर्थन थियो। अब उनलाई ३० सांसदको बिश्वास मत आवश्यक छ । राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई पार्टीले कारबाही गरेपछि अहिले प्रदेश सभामा कुल ५९ सांसद रहेका छन् जसमा नेपालीलाइ ३० मत को आवश्यक छ।  
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update