युरोकपमा नेदरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ। गएराती भएको खेलमा नेदरल्याण्डले अस्ट्रियालाई २–० ले हराउँदै १३ बर्ष पछि युरोकपको अन्तिम १६ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपको नकआउट चरणमा पुगेको हो।
गए राति जोहान क्रुफ एरिनामा भएको खेलमा ११ औं मिनेटमा डमफ्राइसलाई अस्ट्रियाका कप्तान डेबिड अलाबाले फ़ाउल गरेपछि नेदरल्याण्डले पेनाल्टी पाएको थियो । नेदरल्याण्डक तर्फबाट मेम्फिस डेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता लिएको नेदरल्याण्डले दोश्रो हाफमा अग्रता दोबार बनायो । खेलको ६७ औं मिनेटमा डमफ्राइसले गोल गर्दै खेललाई २-० को परिणाम दिए।
यो जित संगै नेदरल्याण्ड ६ अंक बटुल्दै समुह सीको शिर्ष स्थानमा रहेको छ । नेदरल्याण्डले समुह चरणमा अझै एक खेल खेल्न बाँकी छ । नेदरल्याण्डले अर्को खेल जुन २१मा उत्तरी मेसिडोनिया संग खेल्ने छ । यस अघिको खेलमा नेदर ल्याण्डले युक्रेनलाई ३-२ गोलले पराजित गरेको थियो ।
त्यस्तै हिजो भएको अर्को खेलमा युक्रेनले उत्तरी मेसिडोनियालाई हराउँदै समूहको दोस्रो स्थानमा रहेको छ। । युक्रेनले हिजो उत्तरी मेसिडोनियालाई २–१ पराजित गर्दै ३ अंक सहित समूहको दोश्रो स्थानमा रहेको छ । खेलमा २९ मिनेटमा कप्तान आन्द्रे यार्मोलेन्को र ३४ मिनेटमा रोम यारेमचुकले एक–एक गोल गरेका थिए भने उत्तरी मेसिडोनियाका इज्जान अलीओस्कीले ५७ मिनेटमा एकमात्रै गोल फर्काएका थिए । यससंगै युक्रेन समूह सीको दोश्रो स्थानमा रहन सक्ने सम्भावना कायम गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्