कोपा अमेरिकामा ब्राजिलले दोश्रो जीत हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४-० को फराकिलो जीत निकालेको हो ।
एस्टिडियो ओलम्पिको निल्टन सान्तोसमा भएको खेलको १२ औं मिनेटमा गाब्रियल जेससको असिस्टमा एलेक्स सान्द्रोले पहिलो गोल गर।
पहिलो हाफमा एक गोलको अग्रता लिएको ब्राजिलले दोश्रो हाफमा थप ३ गोल गरे।खेलको ६३ औं मिनेटमा पेरुका तापइले नेइमार माथि फ़ाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो। तर, भिएआरको सहयोग लिंदै रेफ्रीले उक्त निर्णय खारेज गरे। खेलको ६८ औं मिनेटमा मिनेटमा फ्रेडको असिस्टमा नेइमारले बक्स बाहिरबाट २० यार्ड टाढाबाट शानदार गोल गरे।
खेलको ८९ औं मिनेटमा रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले थप एक गोल गर्दै खेल ३-० मा पुराए। खेलको अतिरिक्त समयमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे। यस जीत संगै ब्राजिल ६ अंक बटुल्दै समुहको शिर्ष स्थानमा रहेको छ। यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो। कोलम्बियाको ४ अंक सहित समुह 'बी' को दोश्रो स्थानमा रहेको छ। आज बिहान भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेपछि एक एक अंक प्राप्त गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय