जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीको वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । शुक्रबार यादव पक्षका जसपा नेताहरु आयोगमा पुगेर आफुसंग बहुमत कार्यकारिणी सदस्य रहेका भन्दै ३० जना सदस्यको हस्ताक्षरसहित आधिकारीताका लागि निवेदन दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिइएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख गरिएको उनले बताए ।
आफुहरुको बैठकमा ६० प्रतिशत बढि सदस्यहरु रहेको र आफुहरुले गरेको निर्णय नै आधिकारी भएको जानकारी पनि आयोगमा गराइएको उनले जानकारी दिए । श्रेष्ठले विवाद निरुपणसम्बनधी निर्वाचन आयोगको पत्रलाई सम्मान गर्दै ३० जनाको हस्ताक्षरसहित निवेदन दर्ता गराएको बताए ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि दुवै पक्षले एक अर्कालाई कारबाही गर्दै विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएपछि आयोगले दुवै पक्षका दाबी खारेज गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय