हिमाल दैनिक
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको थियो । प्रदेश सभामा सभामुखसहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । बैठकमा सभामुख सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए भने एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । गत जेष्ठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत मागेका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।    
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update