हिमाल दैनिक
कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पारित
nepali-congress
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राखेको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए । त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशिल सदस्य छानविन समितिलाई निर्देशन दिइएको उनले बताए । बैठकले दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्तावलाई पनि पारित गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने कांग्रेसको ठहर रहेको महतले बताए । कांग्रेसले संसद बिघटनपछिको घटनाक्रम हेर्दा मुलुकको लोकतन्त्रको मुल्यमान्यतालाई कमजोर बनाउने काम भएको भन्दै थप सशक्त भएर अघि बढ्ने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update