कोपा अमेरिकामा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान मान गारिंचा नेशनल स्टेडियममा समूह 'ए' को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो । यस बर्षको कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित हो। यस अघि अर्जेन्टिना चिल्लीसंग खेलेको थियो जसमा अर्जेन्टिना र चिल्ली १-१ गोलको बराबरी खेल्दा १-१ अंक बाडेका थिए ।
आजको खेलमा अर्जेन्टिनाले १३ औं मिनेटमा मेसीको असिस्टमा रोद्रिगेजले गोल गरेका थिए । मेस्सीले दिएको क्रसमा रोद्रिगेजले हेडरमार्फत गोल गरेका थिए । रोद्रिगेजको त्यो गोल नै यस खेलको निर्णायक गोल बन्न पुग्यो। यससंगै अर्जेन्टिना ४ अंक बटुल्दै समुह ए को शिर्ष स्थानमा रहेको छ । त्यस्तै चिल्ली पनि ४ अंक सहित दोश्रो स्थानमा रहेको छ । ३ अंक सहित प्याराग्वे तेस्रो स्थानमा रहेको छ भने उरुग्वे र बोलिभियाले कुनै खाता खोलेका छैनन्।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्