भारतीय धावक मिल्खा सिंहको मृत्यु भएको छ । ९१ वर्षिया सिंहको शुक्रबार राति साढे ११ बजे उपचारका क्रममा पीजीआईएमएआर निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ।
सिंहको मे २० मा कोरोना पोजेटिभ आएको थियो। जुन ३ मा उनको अक्सिजन स्तर घटेपछि उनलाई आइसीयुमा भर्ना गरिएको थियो। यसको पाँच दिन अघि उनको पत्नी निर्मल कौरको पोस्ट कोभिडका कारण मृत्यु भएको थियो ।
सन् १९२९ को नोभेम्वर २० मा गोविंदपुरा (अहिले पाकिस्तानमा रहेको छ ) मा एक सिख परिवारमा मिल्खा सिंहको जन्म भएको थियो । भारत र पाकिस्तानको बिभाजन पश्चात उनि पाकिस्तानबाट भारत आए र भारतीय सेनामा भर्ति भएका थिए । खेलमा लगाव भएका कारण उनि सेनाबाट क्रस कन्ट्री दौडमा भाग लिएका थिए जसमा ४०० भन्दा बढी सैनिकहरुले भाग लिएका थिए । मिल्खा त्यसमा ६ औं स्थानमा आएका थिए ।
सन् १९५६ मा मेलबर्नमा आयोजना गरिएको ओलम्पिक गेममा मिल्खाले पनि भाग लिएका थिए । त्यस प्रतियोगितामा उनले खासै सफलता हात परेनन् तर सन् १९५९ मा आयोजित नेसनल गेम्समा २०० र ४०० मिटरमा उनले नयाँ रेकर्ड कायम गरे । त्यही बर्ष टोकियोमा आयोजित एशियाई खेलमा २०० मिटर, ४०० मिटर र राष्ट्रमण्डलको ४०० मिटरको दौडमा स्वर्ण पटक जितेका थिए । उनलाई भारतीय सरकारले पद्मश्रीले सम्मानित गरेको थियो।
मिल्खा सिंहले एक दौड प्रतियोगितामा भाग लिन पाकिस्तानमा गरेका थिए। उनको प्रदर्शन देखेर पाकिस्तानका जनरल अयूब खानले उनलाई 'द फ़्लाङ्ग सिख' को उपाधि दिए । सन् १९६४ मा एशियाई खेलमा ४०० मिटर र ४x४०० रिलेमा स्वर्ण पदक जितेका थिए।
एजेन्सीको सहयोग
प्रकाशित मिति: शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्