हिमाल दैनिक
पोर्चुगलको दुई आत्मघाती गोलका कारण पहिलो हाफमा जर्मनी अग्रतामा
portugal-germany
युरोकपको ग्रुप अफ डेथ अर्थक समूह एफको दोश्रो खेल पोर्चुगल र जर्मनी बीच खेल जारी छ । एलियांज एरेना स्टेडियमजारी यस खेलको पहिलो हाफमा जर्मनीले २-१ को अग्रता लिएको छ । खेलको १५ औं मिनेटमा डिएगो जोटाको असिस्टमा क्रिस्टियानो रोनाल्डो गोल गर्दै डिफ़ेण्डिङ्ग च्याम्पियन पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औं मिनेटमा राफाएल गुरेरोले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसको ४ मिनेटपछि पोर्चुगलले थप एक आत्मघाती गोल गर्यो । जोशुआ किमिचले गरेको अटैम्प्टमा पोर्चुगलका राफेल गुरेरोलाई लागेर गोल भएको थियो। युरोकपमा रोनाल्डोको यो पाँचौ टुर्नामेन्टहो जसमा उनले १२ गोल गरेका छन् । त्यस्तै रोनाल्डोले अहिले सम्म १०७ अन्तराष्ट्रिय गोल हो । अहिले सम्म सबै भन्दा बढी इरानका अली डेईले गरेका हुन्। उनले १०९ गोल गरेका छन् । पोर्चुगलले आफ्नो पछिल्लो खेल हंगरी संग खेलेको थियो। हंगरीलाई पोर्चुगलले ३-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै जेर्मानी भने फ्रान्ससंग १-० ले पराजित भएको थियो । यी दुई टिमको पछिल्लो ५ खेलमा जर्मनीले ४ र पर्चुगलले १ खेलमा जीत हात पारेको छ । सन् २००० पछि पोर्चुगलले जर्मनीमाथि जीत हासिल गर्न सकेको छैन।
प्रकाशित मिति: शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update