हिमाल दैनिक
सन् २००० पछि जर्मनीलाई जित्न नसकेको पोर्चुगल
portugal-germany-ronaldo
युरोकपको ग्रुप अफ डेथ अर्थक समूह एफको दोश्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ । एलियांज एरेना स्टेडियम भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ को अग्रता जीतेको हो । सन् २००० पछि पोर्चुगलले जर्मनीमाथि जीत हासिल गर्न सकेको छैन। आजको खेलमा पोर्जुगलले दुई आत्माघाती गोल गरेको छ। खेलको १५ औं मिनेटमा डिएगो जोटाको असिस्टमा क्रिस्टियानो रोनाल्डो गोल गर्दै डिफ़ेण्डिङ्ग च्याम्पियन पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३५ औं मिनेटमा राफाएल गुरेरोले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसको ४ मिनेटपछि पोर्चुगलले थप एक आत्मघाती गोल गर्यो । जोशुआ किमिचले गरेको अटैम्प्टमा पोर्चुगलका राफेल गुरेरोलाई लागेर गोल भएको थियो। त्यस्तै दोश्रो हाफको ५२ औं मिनेटमा जर्मनीका स्टार स्ट्राइकर काई हैवर्त्जले तेस्रो गोल र ६० औं मिनेटमा राबिन गोसेन्सले चौथो गोल गर्दै खेल ४-१ पुराए। त्यस्तै खेलको ६७ औं मिनेटमा रोनाल्डोको असिस्टमा डिएगो जोटाले थप एक गोल पर खेलमा कमब्याक गर्न प्रयत्न गरे पोर्चुगल असफल भयो। युरोकपमा रोनाल्डोको यो पाँचौ टुर्नामेन्ट हो जसमा उनले १२ गोल गरेका छन् । त्यस्तै रोनाल्डोले अहिले सम्म १०७ अन्तराष्ट्रिय गोल हो । अहिले सम्म सबै भन्दा बढी इरानका अली डेईले गरेका हुन्। उनले १०९ गोल गरेका छन् । पोर्चुगलले आफ्नो पछिल्लो खेल हंगरी संग खेलेको थियो। हंगरीलाई पोर्चुगलले ३-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै जेर्मानी भने फ्रान्ससंग १-० ले पराजित भएको थियो ।  
प्रकाशित मिति: शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update