हिमाल दैनिक
लगातार दुई खेलमा बराबरीमा रोकियो स्पेन, अन्तिम १६ मा पुग्न कठिनाई
Robert Lewandowski-poland-spain-eurocup
युरोकपमा पोल्यान्डले स्पेनलाई बराबरीलाई रोकेको छ । आइतबार बिहान एस्टोडियो ला कार्टुजामा भएको खेलमा पोल्यान्डले स्पेनलाई १-१ को बराबरीमा रोकिएको हो । यसअघिको खेलमा स्पेन स्विडेनसंग गोलरहित बराबरीमा खेलेको हो। आजको खेलको २५ औं मिनेटमा मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै खेलमा अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता लिएको स्पेनले दोश्रो हाफमा भने कायम गर्न सकेन । खेलको ५४ मिनेटमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई बराबरीमा पुराए । खेलको ५८ औं मिनेटमा मोरेनोमाथि फल भएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । तर सो अवसरलाई मोराटाले भने सदुपयोग गर्न सकेनन् । यससंगै स्पेन २ अंकसहित समुह 'ई' तेस्रो स्थानमा रहेको छ भने पोल्याण्ड १ अंकसहित चौथो स्थानमा रहेको छ । समुह ई मा स्विडेन ४ अंक सहित पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंक सहित लिगको दोश्रो स्थानमा रहेको छ । यस पटक युरोकपमा स्पेन अन्तिम १६ मा जना सक्ने सम्भावना कम भएको छ । अब स्पेनले समूह चरणको अन्तिम खेल स्लोभाकियासंग खेल्ने छ। स्लोभाकियालाई जितेमात्र अन्तिम १६ मा स्पेनको सम्भवना हुनेछ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update