हिमाल दैनिक
अझै तीन दिनसम्म मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना
mausam-weather-rain
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने बिभागका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भु–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए। तीन दिनसम्म मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । उनले अहिले बर्षायाम भएकाले सवै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सर्तक हुनुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update