युरोकप फुटवलमा इटाली अन्तिम १६ मा प्रवेश गरेको छ। आइतबार राति समूह ए को अन्तिम खेलमा इटालीले वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो ।
स्टेडियो ऑलिंपिकोमा भएको खेलको पहिलो हाफको ३९ औं मिनेटमा माटेओले गरेको गोलनै खेलको निर्णायक गोल बन्न पुग्यो । खेलको ५५ औं मिनेटमा इथान एम्पाडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सिमित भयो । यस संगै इटालीले ९ अंक बटुल्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
त्यस्तै समुह चरणको अंक तालिकामा दोश्रो रहेको वेल्सले ४ अंक सहित नकआउट चरणमा प्रवेश गरेको छ ।
त्यस्तै आइतबार नै भएको समूह ए को अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गरेको छ । बाकू ओलम्पिक स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोलले पराजित गरेको छ । स्विट्जरल्यान्डका सेफेरोभिकले ६ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलका २६ औं मिनेटमा साकिरीले एक गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो हाफको ६२ औं मिनेटमा टर्कीका लागि इर्फान कानले गोल फराए । तर खेलको ६८ औं मिनेटमा साकिरीले थप अर्को गोल गर्दै खेललाई ३-१ को नतिजा दिए । यस अघिको एक खेलमा जित र एकमा हार बेहोरेको स्विट्जरल्यान्ड अन्तिम १६ मा भने प्रवेश गर्न केहि समय कुर्नुपर्नछ ।
तीनै खेल पराजित भएसंगै टर्कीले भने अंक बिहिन बन्दै समुह चरणबाट नै बाहिरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्