कोपा अमेरिकामा पेरुले कोम्बियालाई पराजित गरेको छ । सोमबार बिहान समूह 'ए' को खेलमा पेरूले कोम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । पेरुको यस सिजनको पहिलो जीत हो ।
एस्टेडियो ओलम्पिको पेद्रो लुडोभिको स्टेडियममा भएको खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा अग्रता लिएको पेरुले दोश्रो हाफमा अग्रता कायम गर्न सकेन । खेलको ५३ औं मिनेटमा बोर्जालाई पेड्रो गालिसेले फल गरेपछि कोलम्बियाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । बोर्जाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुराए ।
खेलको ६४ औं मिनेटमा कोलम्बियाको आत्माघाती गोलले पेरुलाई पुन: अग्रता दिलायो । गुम्तोभोले हानेको कर्नरलाई रोक्ने क्रममा कोलम्बियाका येरी मिनाले गोल हनेपछि खेल २-१ मा टुंगियो।
त्यस्तै आजको अर्को खेलमा भेनेजुएला र इक्वेइडर बराबरीमा खेलेका छन् । एस्टिडियो ओलम्पिको निल्टन सान्तोसमा भएको खेलमा भेनेजुएला र इक्वेइडरले २-२ को बराबरी खेलेका हुन्।
पहिलो हाफको ३९ औं मिनेटमा प्रिसियाडोले गोल गर्दै इक्वेइडरलाई अग्रता दिलाए । दोश्रो हाफको ५१ औं मिनेटमा भेनेजुएलका कास्टिलोले गोल गर्दै खेल बराबरीमा पुराए।
त्यस्तै खेलको ७१ औं मिनेटमा इक्वेइडरका प्लाटाले गोल गोल गर्दै खेल २-१ मा पुराए। खेलको अतिरिक्त समयमा भेनेजुएलाका हर्नान्डेजले थप एक गोल गर्दै खेललाई बराबरीमा लागे । समूह 'ए'मा ब्राजिल ६ अंक सहित शिर्ष स्थानमा, कोलम्बिया ४ अंकसहित दोश्रो, ३ अंक सहित पेरु तेस्रो, २ अंक सहित भेनेजुएला चौथो र १ अंक सहित इक्वेइडर अन्तिम स्थानमा रहेको छ।
प्रकाशित मिति: सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्