बेल्जिमय युरोकप २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा बेल्जिमयले फिनल्यान्डलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बेल्जियमले पहिलो पटक सबै खेलमा जीत हात परि समूह बिजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले ७४ मिनेटमा अग्रता लिएको थियो । फिनल्यान्डका गोलकिपर लुकास राडिकेले आत्मघाती गोल गर्दा बेल्जियमलाई फाइदा पुगेको थियो। खेलको ८१ औं मिनेटमा डि बुएनको पासमा लुकाकुलेले थप एक गोल गर्दै खेललाई २-० मा पुराए ।
यससंगै बेल्जियमले ९ अंक जोडेर समूह बि को शिर्ष स्थानमा रहेको छ । त्यस्तै मंगलबार भएको अर्को खेलमा डेनमार्कले रसियालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । डेनमार्कले रसियामाथि ४-१ को जीत निकालेको थियो । यस अघिको दुई खेलमा डेनमार्क पराजित भएको थियो।
डेनमार्कका लागि डाम्सगार्डले ३८ औं मिनेटमा, पाउलसेनले ५९ औं मिनेटमा, क्रिस्टियनसनले ७९ औं मिनेट र मइहले ८२ औं मिनेटमा गोल गरेका थिए भने रसियाबाट जुवाले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।
यस जितसँगै डेनमार्कले ३ अंक जोड्दै समुहको उपविजेता बनेको हो। समूहमा तेस्रोमा रहेको फिनल्यान्ड र चौथो रसियाको ३-३ अंक छ । डेनमार्क गोलअन्तरको आधारमा यूरोकपमा अघि बढेको हो। तेस्रो स्थानमा रहेको फिनल्याण्डले भने केहि समय कुर्नुपर्ने छ ।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्