कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ । मंगलबार विहान समूह 'ए'को खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो। कोपा अमेरिकामा अर्जेन्टिनाको दोश्रो जीत हो।
खेलको १० औं मिनेटमा एन्जल डि मारियाले दिएको पासमा अलेजान्द्रो गोमेजले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो।
३ खेल खेलेको अर्जेन्टिनाले ७ अंक जोडेको छ । अर्जेन्टिनाले अहिले सम्म २ खेलमा जीत हात परेको छ भने एक खेल बराबरीमा रोकिएको छ।
त्यस्तै मंगलबार विहान भएको अर्को खेलमा चिल्ली र उरुग्वे १-१ गोलको बराबरी खेलेको छ । खेलको २६ औं मिनेटमा भार्गासले गरेको गोलले चिल्लीलाई अग्रता दिलायो । पहिलो हाफमा अग्रता लिएको चिल्लीले दोश्रो हाफमा कायम गर्न सकेन।
खेलको ६६ औं मिनेटमा भिदालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो। ३ खेल खेलेको चिली ५ अंक जोडेको छ । त्यस्तै दुई खेल खेलेको उरुग्वेले १ अंक मात्र जोडेको छ । यस अघि उरुग्वे अर्जेन्टिना संग पराजित भएको थियो।
समुह 'ए'को ३ अंक सहित तेस्रो स्थानमा पाराग्वे, १ अंक सहित उरुग्वे चौथो स्थानमा र बोलिभिया अन्तिम स्थानमा रहेको छ। बोलिभियाले भने अहिले सम्म खाता खोल्न सकेको छैन।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्