नेकपा एमालेका नेता भिम आचार्यले पार्टी जोगाउन ६ बुँदे प्रस्ताव अघि सरेका छन् । माधव नेपाल-झलनाथ खनाल पक्ष्का नेता आचार्यले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलेको भन्दै ६ बुँदे प्रस्ताव अघि सरेका छन्।
उनको सो प्रस्तावमा अहिले एमाले भित्र उत्पन्न भएको संकटको मुख्य कारण एमालेका अध्यक्ष एबम प्रधानमत्री केपी शर्मा ओली रहेको बताएका छन्। उनले भनेका छन,'अहिले नेकपा एमाले भित्र घात-प्रतिघात, गुट उपगुट, बिस्वास-अविस्वास, कार्वाही-प्रतिकार्वाहि, समर्थन-बिरोध जस्ता कृयाकलापहरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो।'
पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रिय कमिटी र अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गर्नु पर्ने आचार्यको प्रस्ताव छ। उनले भनेका छन्' सर्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।'
त्यस्तै उनले गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरि सबै काम भोइड भएको घोषणा गर्नु पर्ने बताएका छन्।
उनले पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबिच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक रहेको बताएका छन् । आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नुपर्ने प्रस्ताव गरेका छन्। पार्टीलाई बिधि-बिधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताका साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्र लाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धि हरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ प्रस्ताव गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय