पछिल्लो समसमायिक राजीनितिक बारे छलफलका लागि आज बिपक्षी गठबन्धनको बैठक बस्ने भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रम र परिस्तिथि बारे छलफलका लागि नेकपाका असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल, जनता समाजवादीका उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधिलाई आफ्नो निवास बुढानिलकण्ठमा साँझ ५ बजेका लागि बैठकमा बोलाएका छन्। कांग्रेसको तर्फबाट भने रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का बैठकमा उपस्थित हुने बताइएको छ ।
मन्त्रिपरिषद गठनको बिषयमा सर्वाच्च अदालतले गरेको पछिल्लो निर्णय, सरकारको काम कारबाही, कोरोना संक्रमणका कारण भएको भयवह परिस्तिथि बारे आजको बैठकमा छलफल हुने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय