हिमाल दैनिक
हेलम्बु र मेलम्चिका बाढि पीडितहरुले भौतिक संरचना निर्माण गर्न आग्रह
sindhupalchowk-badi-pidit
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चिका बाढि पीडितहरुले भौतिक संरचना निर्माण गर्न आग्रह गरेका छन् । गत असार १ गते आएको बाढीका कारण पीडित बनेका स्थानीयले घरबार विहिन भएका मानिसहरुका लागि भौतिक संरचना निर्माण गर्न सहयोगको माग गरेका हुन । उनीहरुले बाढी प्रभाविवित भएपछि पीडितहरुमा देखिएका स्वास्थ्य समस्याहरु समाधान गर्न माग गरेका छन् । स्थानीय पीडितहरुमा मानसिक रोगको समस्या देखिन थाललेकाले वेलैमा उनीहरुको उपचार गर्न स्वास्थ्य टिमकै आवश्यकता भएको स्थानीयको भनाई छ । बाढीबाट २ करोड भन्दा माथि ट्राउड माछा फार्महरुमा मात्रै क्षेति भएको स्थानी रणजित कार्की बताए । उनले आफुहरुले पालेको माछा र भौतिक संरचनामा भएको क्षतिले निकै अप्ठेरो स्थिति सृर्जाना भएको जानकारी दिए । बैंकबाट ऋण लिएर बनाएको घर सम्झनामा आएको स्थानीय पार्वती बडुले बताए । उनले आफ्नो घर बगाउदा वेहाल भएको बताए । खाद्यान्न भाडाकुडा लगायतका सामग्रीहरु केही पनि निकाल्नु नपाएको उनले गुनासो गरे । उनले बैकंबाट लिएको ऋण र बालबच्चालाई कसरी पढाउने भन्दै चिन्ता व्यक्त गरे । गत असार १ गते गएको पहिरोका कारण मेलम्चि नगरपालिका र हेलम्बु गाउँपालिकाका स्थानीय बासीन्दा प्रभावित भएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update