हिमाल दैनिक
ग्रुप अफ डेथबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा
Karim Benzema
युरोकप २०२० को ग्रुप अफ डेथ अर्थात् समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार बिहान समुह एफको दुई खेलबाट फ्रान्स समुह विजेता, जर्मनी उपविजेता र पोर्चुगल तेस्रो स्थानबाट अन्तिम १६ मा प्रवेश गरेको हो। फेरेन्क पुस्कीज स्टेडियममा भएको खेलमा पोर्चुगल र फ्रान्स बराबरीमा खेलेका थिए । खेलको पहिलो हाफको ३० औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा फ्रान्सका फरवार्ड करिम बेन्जिमा पेनाल्टी मार्फत नै गोल गर्दै खेल बराबरीमा पुराए। दोश्रो हाफ सुरु भएको२ मिनेटमा बेन्जिमाले थप एक गोल गर्दै खेल २-१ मा पुराए । खेलको ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फतनै फेरी अर्को गोल गर्दा खेल बराबरीमा पुग्यो। त्यस्तै अलायंझ एरिनामा समूह एफको अर्को खेलमा पनि हंगेरी र जर्मनी बराबरीमा खेले । खेलको ११ औं मिनेटमा सजालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको हंगेरीले दोश्रो हाफमा कायम गर्न सकेन । खेलको ६६ औं मिनेटमा जर्मनीका हाभर्ट्जले खेललाई बराबरीमा पुराए। हाभर्ट्जले गोल गरेको दुई मिनेट नबित्दै हंगेरीको स्चफरले अर्को गोल गर्दै खेलमा पुन: अग्रता लिए । खेलको ८४ औं मिनेटमा गोरेट्ज्काले अर्को गोल गर्दै खेल बराबरीमा टुङ्गाए । यससंगै ३ खेलपछि समुह एफमा फ्रान्स ५ अंकसहित समुह विजेता बनेको छ । ४ अंक सहित जर्मनी दोश्रो स्थानमा, ४ अंक सहित पोर्चुगल तेस्रो र २ अंक सहित हंगेरी स्थानमा रहेको छ । ग्रुप अफ डेथबाट फ्रान्स र जर्मनी विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने पोर्चुगल उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा पुगेको हो।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update