कोपा अमेरिकामा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ । बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ को गोल अन्तरले पराजित गरेको हो ।
ओलंपिक स्टेडियममा भएको खेलमा कोलम्बियाले १० औं मिनेटमा अग्रता लिएको थियो। कुएडार्डोले दिएको क्रसमा एल डियासले गोल गर्दै अग्रता लिएका थिए।
पहिलो हाफमा अग्रता लिएको कोलम्बियाले दोश्रो हाफमा भने कायम गर्न सकेन । दोश्रो हाफको ७८ मिनेटमा रेनान लोडीको क्रसमा फिर्मिनोले गोल गर्दै खेलमा कम्ब्याक गरेका थिए।
दोश्रो हाफको अतिरिक्त समयमा नेइमारको पासमा कासेमिरोले गोल गर्दै खेललाई २-१ मा पुराए । यससंगै ब्राजिलको यो लगातार तेस्रो जीत हो।
समूह 'बी' को शीर्ष स्थानमा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक जोडेको छ। ब्राजिल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ।
तीन खेल खेलेको ब्राजिल ९ अंक सहित समुह 'बी' को शिर्ष स्थानमा रहेको छ भने चार खेल कोलम्बिया ४ अंक सहित समुहको दोश्रो स्थानमा रहेको छ । ब्राजिल अन्तिम ८ मा भने आफ्नो स्थान पक्का गरिसकेको छ।
त्यस्तै समूहको अर्को खेलमा इक्वेइडर र पेरुले २-२ गोलको बराबरी खेलेका थिए। यससंगै पेरु ४ अंकसहित तेस्रो स्थानमा र २ अंक सहित इक्वेइडर चौता स्थानमा रहेको छ। भेनेजुएला २ अंक सहित समूहको अन्तिम स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्