एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरे । गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाई छ ।
उनले भने,'हामीले कोर्स करेक्सन गर्न चाहिरेका छौँ । केपी ओलीले सङ्कोचमा लानुभएको छ । हामी यसलाई पोजेटिभ दिशामा लान खोजिरहेका छौँ । मानिस हुन् । कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुर जी । म ठाउँ छोड्दिन्छु । राजीनामा दिन्छु । यो कोर्स होइन् । अरूसँग सँठगाँठ गरेर लाग्दैन। '
उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखे ।
https://youtu.be/MvzWtt6XuBo
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय