हिमाल दैनिक
राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ: यादव
upendra-yadav
जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश सासन चलाउन चाहेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको बतेका हुन् । त्यस्तै उनले राष्ट्रपतिले समेत संविधानको पालना गर्न नसकेको तर्क गरे । उनले भने,'हामीले १ सय ४९ को हस्ताक्षर बुझाएका थियौं। यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुनुपर्ने हो। तर ओलीकै निरन्तरता भयो। कि त राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ।’ उनले भने “देउवालाई प्रधानमन्त्री किन नियुक्त गरिएन ? ठूलो शंका छ । राष्ट्रपतिको भूमिकामा नै प्रश्न उठेको छ । कि त उहाँले म ओलीबाहेक अरूलाई प्रधानमन्त्री बनाउन सक्दिन भन्नुभप‍र्‍यो । नत्र देउवालाई प्रधानमन्त्रीलाई नियुक्त नगर्नुको कुनै कारण छैन। ” यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि बिपक्षी गठबन्धनले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने जिकिर गरे ।  
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update