हिमाल दैनिक
ओलीजी भिलेन हो भन्ने जनताले बल्ल थाहा पाए: अध्यक्ष दाहाल
pushpa-kamal-dahal-prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आरोप लगाए । उनले कांग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताए । प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने स्पष्ट पारे । उनले भने,'‘काँग्रेस लोकतन्त्रको रक्षाका लागि हिँडेको छ । संविधानको रक्षाका लागि हिँडेको छ । तपाईं लोकतन्त्र र संविधान ध्वस्त पार्न लाग्नुभएको छ । अनि कसरी तपाई वामपन्थी र काँग्रेस दक्षिणपन्थी ?’ अद्ग्यक्ष दाहालले भने,‘यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए। ’ त्यस्तै उनले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे । ‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै-उस्तै होइन। प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै-उस्तै होइन,’ उनले भने, ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं।तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’ अहिले सत्य र असत्यको बीचमा लोकतन्त्र र अराजकतन्त्रको बीचमा राष्ट्रियता र राष्ट्रघातको बीचमा लडाँइ चलिरहेको बताउदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न आग्रह पनि गरे । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने उनले बताए । प्रचण्डले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेण्डा रहेको जानकारी दिए। https://youtu.be/ThC9j5Ktn4o
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update