प्रधानमन्त्री केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नुसमेत दिए। उनले बिपद्मा राजनीति गर्ने तर्फ नभइ जनताको सेवामा जुट्नुपर्ने बताए ।
https://youtu.be/rYutRdzWKvw
प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको बताए ।
यसै गरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने, नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न पनि माग गरिएको छ । सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु र ४०० परिवार विस्थापित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय