इटाली युरोकप २०२० को अन्तिम आठमा पुगेको छ । आइतबार बिहान वेम्ब्ली स्टेडियम भएको खेलमा इटालीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो।
इटाली र अस्ट्रियाले ९० मिनेटमा गोल रहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीका इपिन्जोलाको पासमा सब्स्सिच्युट फेडेरिको चिएसाले गोल गर्दै खेलमा अग्रता दिलाए ।
खेलको १०५ मा आर्सबीको पासमा माटेओ पेसिनाले थप एक गोल गर्दै खेललाई २-० पुराए । खेलको ११४ अँ मिनेटमा अस्ट्रियाका तर्फ कालजडिकले गोल गर्दै खेलमा फर्किन प्रयास गरेका थिए।
यस संस्करणमा इटालीले यस खेलमा पहिलो गोल खाएको हो। त्यस्तै इटालीले भने आफ्नो अपराजित यात्रा कायम राखेको छ । अशिले सम्म इटाली ३१ खेलमा अपराजित भएको छ ।
यस संगै अस्ट्रिया युरोकप २०२० बाट बाहिरिएको छ । इटालीले भने अब क्वाटरफाइनलमा बेल्जियम वा पोर्चुगल संग सामना गर्नेछ ।
प्रकाशित मिति: आइतबार, असार १३, २०७८
प्रतिक्रिया दिनुहोस्