हिमाल दैनिक
साविक बिजेता पोर्चुगल अन्तिम १६ बाट बाहिरियो
cristiano-ronaldo
युरोकपको साविक बिजेता पोर्चुगल युरोकपको अन्तिम १६ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा बेल्जियमले पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । सेभिलमा ला कार्टुजा स्टेडियममा भएको खेलमा बेल्जियमको थोर्गन हजार्डले गरेको एक मात्र गोल नै खेलको निर्णयक गोल बन्न पुग्यो । खेलको ४२ औं मिनेट मेउनियरको पासमा हजार्डले गोल गरेका थिए । त्यस्तै खेलको ५८ औं मिनेटमा रोनाल्डोले दिएको पासलाई डिएगो जोटाले सदुपयोग भने गर्न सकेनन् र बल क्रसबारबाट बाहिरिएको थियो। यस संगै अब क्वाटरफाइनलमा बेल्जियमले इटालीलाई सामना गर्नेछ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update