नेदरल्यान्ड युरोकप-२०२० को अन्तिम १६ बाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नेदरल्यान्ड्लाई चेक रिपब्लिकले हराउदै अन्तिम ८ मा प्रवेश गरेको हो ।
पुस्कीस स्टेडियममा भएको खेलमा नेदरल्याण्ड र चेक गोल रहित बराबरीमा खेलेको थियो । खेलको दोश्रो हाफमा नेदरल्याण्ड १० खेलाडीमा सिमित हुन पुग्यो । खेलको ५५ औं मिनेटमा डि लिटले रातो कार्ड खादै मैदानबाट बाहिरिए । चेकका प्याट्रिक शिकलाई डिबक्स नजिक रोक्ने क्रममा लिटले हातले बल फर्काएका थिए । भिएआरको सहायताले रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।
खेलको ६८ औं मिनेटमा चेकले खेलमा अग्रता लियो । बराकले गरेको फ्रिकिकमा कालसले हेडरमार्फत दिएको पासमा टोमश होल्सले गोल गरेका थिए। त्यस्तै खेलको ८० औं मिनेटमा होल्सको शिकले दोस्रो गोल गर्दै खेलमा दोब्बर अग्रता लिए। यससंगै अब चेकले क्वाटरफाइनलमा चेक डेनमार्कलाई सामना गर्नेछ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्