स्पेन यूरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्पेनले क्रोएसियालाइ ५-३ को गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान बनाएको हो ।
पार्केन एरिनामा भएको खेलको २० औँ मिनेटमा युना सिमोनको आत्मघाती गोलले क्रोएसियालाई अग्रता दिलायो । त्यसपछि ३८ औं मिनेटमा पाब्लो सरावियाले गोल गर्दै खेल बराबरीमा पुराए ।
पहिलो हाफ बराबरीमा पुगेको खेलमा दोश्रो हाफको ५७ औँ मिनेटमा केसार र ७६ औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनको अग्रता ३–१ को बनाए । त्यस्तै खेलको ८५ औँ मिनेटमा ओसिसले गोल गर्दै खेललाई ३-२ मा पुराए । खेलको समयमा क्रोएसियाका पेसालिसले गोल गर्दै खेल ३-३ को बराबरीमा पुराए ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो जसमा स्पेनले थप २ गोल गर्दै खेलमा जित सुनिश्चित गर्यो।
अतिरिक्त समयको १०० औँ मिनेटमा मोराटा र त्यसको ३ मिनेटमा मिकेलले गोलले खेल ५-३ मा पुगेको छ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्