पार्टीको महाधिवेशन नजिकिदै जाँदा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।
मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पनन गराउने र क्रियाशिल सदस्यताका साथै समायोजनाका बिषयमा छलफल भएको नेता सिंहले बताए । उनले महाधिवेशनलाई लोकतान्त्रीक पद्धती अनुसार अघि बढाउनका लागि प्रक्रिया पुरा गरेकालाई क्रियाशिल सदस्यता दिनुपर्नेमा छलफल भएको बताए ।
अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धती अनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सवै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको उनको भनाई छ ।
त्यस्तै यसअघिको महाधिवेशमा सभापतिको उम्मेद्वार भएकासंग पनि छलफल गर्ने उहाले जानकारी दिए ।
सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी छन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनछन् भने सिंह र कोइराला संस्थापन इतरमा छन् । यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय