हिमाल दैनिक
अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, चार कामदार घाइते
aaglagi
काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् । अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीमा परि घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो । अस्पतालमा बिद्युतको काम गरिरहेका कामदारले बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतीको पूर्वबिबरण भने आएको छैन ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update