युरोकप २०२० मा युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको खेलमा युक्रेनले स्विडेनलाई २-१ ले पराजित गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुनिश्चित गरेको हो । खेलको २७ औं मिनेटमा जिनचेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थियो । तर खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै खेल बराबरीमा पुराए ।
दोश्रो हाफमा कुनै पनि टिमबाट गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९९ औं मिनेटमा स्विडेनका डेनिलसन रातो कार्ड पाएर मैदानबात बाहिरिएसंगै स्विडेन १० खेलाडीमा सिमित हुन पुग्यो। अतिरिक्त समयको दोश्रो हाफको पहिलो मिनेटमा नै डिभबीले गोल गर्दै खेल आफ्नो नाममा गरे। अब क्वाटरफाइनलमा युक्रेनले इङ्ग्ल्याण्डसंग सामना गर्ने छ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्