हिमाल दैनिक
एमालेको महाधिवेशन आयोजक कमिटी भंग गरि स्थायी कमिटी रुपान्तरण गर्ने निर्णय
emale
नेकपा एमालेले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठाएपछि बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई खारेज गरेको हो । कमिटी खारेज भएसँगै माधवकुमार नेपाल पक्षलाई गरिएका सम्पूर्ण कारबाही पनि खारेज भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटीमा लैजाने निर्णय भएको उनले बताए । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले जानकारी दिए । त्यस्तै वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय गरेको छ । त्यस्तै बैठकले सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेका प्रवक्ता ज्ञवालीले बताए । बैठकले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार १८ गते बिहान ११ गते बोलाउने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update