हिमाल दैनिक
पार्टी सदस्यबाट नै कृष्णगोपाल श्रेष्ठको राजिनामा माग्दा, ओलीले गरे यसरी बचाऊ
oli-krishna-gopal-shrstha
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकमा ओली पक्षकै नेताहरुले मन्त्री श्रेष्ठको राजिनामा माग गरेका हुन् । बैठकमा पूर्व पूर्वमन्त्री जगतबहादुर विश्वकर्मा र बमबहादुर विश्वकर्माले रूपा सुनार प्रकरणमा श्रेष्ठले गाली गरेको र आत्मआलोचना गर्नु पर्ने माग गरेका थिए । बैठकमा जगत बहादुर बिश्वकर्माले रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यबाट नै यस्तो व्यवहार देखाउनु दु:खद र खेदजनक बताएका थिए । जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुगेको बताउदै उनले आत्मआलोचना गर्नुपर्ने बताएका थिए । उनले श्रेष्ठ मन्त्रीका रूपमा सबैको अभिभावक बन्न नसेका कारण उच्च नैतिकता प्रदर्शन गरेर तत्काल राजीनामा दिनुपर्ने माग गरे । अध्यक्ष ओलीले यसको जबाफमा श्रेष्ठको व्यवहार शोभनीय नभएको र उनले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको बताएका थिए । त्यस्तै, भविष्यमा यस्तो नगर्ने बताएको भन्दै प्रधानमन्त्री ओलीले श्रेष्ठको बचाऊ गरेका थिए। बैठकमा उपस्थित भएका श्रेष्ठ भने यस बिषयमा कुनै प्रतिक्रिया दिएनन् । थरकै कारणले बबरमहलकी सरस्वती प्रधानले आफुलाई कोठा नदिएको भन्दै रूपा सुनारले प्रहरीमा उजुरी दिएका थिए । सरस्वतीलाई थुनाबाट छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकीमा पुगेर आफ्नै गाडीमा घरसम्म लिफ्ट दिएका थिए । जसपछि उनको चौतर्फी आलोचना भएको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update