हिमाल दैनिक
पार्टीभित्रैकाहरु विरोधीसंग साठगाँठ गरेर सरकारलाई बदनाम गर्ने खेल लागे: अध्यक्ष ओली
pm-kp-sharma-oli
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कव्जा गर्ने र विरोधीसंगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन् । उनले बिकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थीरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे । ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाएपनि अर्को पक्षले त्यसलाई आफु अनुकुल प्रयोग मात्र गरेको तर्क गरे । एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएको उनले बताए । प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले बिकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे । उनले मुलुकमा भ्रष्टचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसंगको सम्बन्ध सुमधुर बनाएको दावी गरे । त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update