सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बिघटनको बिषयमा अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका छन् ।
संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारस्थीत संसद सचिवालय परिसरमा बृक्षारोपण गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा बिघटन असंवैधानिक र अलोकतान्त्रीक रहेको भन्दै अदालतले संविधान अनुसार नै निर्णय गर्ने विश्वास व्यक्त गरेका हुन्। संविधानको मर्म भावना, बहुसंख्यीक सांसदको मनोभावना अनुसार नै यो बिषय निरुपण हुने उहाको भनाई छ । त्यस्तै उहाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल गरे ।
सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोपेका हुन् । सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खतिवडालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्