हिमाल दैनिक
खोप नलाएका सांसदहरुलाई भेरोसेल खोप
corona-khop
संघीय संसदका सांसद तथा कर्मचारीलाई कोरोना बिरुद्धको खोप लगाइएको छ । बुधबार संसद भवन बानेश्वरमा यसअघि खोप नलाएकालाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाइ दोश्रो खोप लगाइएको हो । त्यस्तै यसअघि खोप लगाउन छुटेकाहरुलाई पनि संसद सचिवालय खोप लगाउने व्यवस्था गरको थियो । सो क्रममा कर्मचारीले परिवारका सदस्यलाई खोप लाउन ल्याएपछि केहिबेर अन्यौल भएको थियो । कर्मचारीले आफ्नो नाममा परिवारका सदस्यलाई खोप लगाउन आग्रह गरेका थिए भने केहि कर्मचारीका परिवारलाई पनि खोप लगाइएको थियो । यता संसद सचिवालयले भने सांसद तथा कर्मचारीलाई मात्र कोरोना बिरुद्धको खोप लगाएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update