हिमाल दैनिक
राष्ट्रिय सभाको आठौँ अधिवेशनअघि एन्टीजेन परिक्षण
rashtriye-sabha-antigen-test
राष्ट्रिय सभाको आठौँ अधिवेशनअघि राष्ट्रियसभा सदस्य, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको कोरोना परिक्षण गरिएको छ । बुधबार संसद भवनमा उनीहरुको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको हो । बैठकमा सहभागी हुन कोरोना रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update