कोरोना संक्रमणका कारण बन्द गरिएको नेपालको आन्तरिक उडान बिहीबारबाट सञ्चालनमा भएको छ ।
नयाँ भेरियन्ट भनिएको कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि बिहीबारदेखि सञ्चालनमा आएको हो । नागरिक उड्डयन प्राधिकरणले हाललाई जुलाई महिनाभरका लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ ।
बिमानस्थलका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइएको छ । आन्तरिक उडान सुरु भएसंगै आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड देखिएको छ ।
प्राधिकरणले यदि कुनै जिल्लामा कोरोना संक्रमणको दर बढेर निषेधाज्ञा लागू हुनसक्ने भएमा ती जिल्लामा रहने डीसीसीएमसीसँग समन्वय गर्न, यात्रुलाई विमानस्थलसम्म ल्याउन, पु¥याउन वा टिकट रद्ध गर्न सहजिकरण गर्न सम्बन्धित वायुसेवालाई नै भनेको छ । यो पटकको उडानमा पनि यात्रुले अनिवार्य मास्क, भाइजरको व्यवस्था गरिएको छ । विमानस्थलमा कर्मचारीले अनिवार्य ज्वरो नाप्ने व्यवस्था मिलाईएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय